जनसांस्कृतिक महासङ्घ नेपाल बाँकेको प्रथम सम्मेलन सम्पन्न अध्यक्षमा गणेशा बिष्ट कार्की

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : जनसांस्कृतिक महासंघ नेपाल बाँके जिल्लाको प्रथम सम्मेलन आज नेपालगन्जमा रहेको महेन्द्र पुस्तकालयमा सम्पन भएको छ । उक्त सम्मेलनबाट अध्यक्ष पदमा गणेशा बिष्ट शाह लगायतका १५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न कलाकारहरुले गीत, गजल, कविता पस्केका थिए ।

प्रथम सम्मेलनबाट अध्यक्ष पदमा गणेशा बिष्ट कार्की , उपाध्यक्ष पदमा दुर्गा बहादुर भण्डारी, तारा कुमारी रोकाय, सचिव पदमा दीपेन्द्र के.सी., सहसचिव पदमा सीमा घर्ती, कोषाध्यक्ष पदमा चरित्रा शाह, सदस्यहरुमा हरेन्द्र बि.क., विष्णु कनोजिया, टंक बोहरा, रमिता बुढाथोकी, सुनिल बटाला, दिपेन्द्र आचार्य, अमर शाही, उपेन्द्र आचार्य, भरत बहादुर थापा सर्वसम्मत रुपले चयन गरिएको हो ।

साहित्यकार मणि आचार्यले सञ्चालन गरेको कार्यक्रममा माओवादी केन्द्रका बाँके जिल्ला अध्यक्ष नरेन्द्र पाण्डे जेम्स, डा. इन्द्र भण्डारी, डा. डक्ट प्रसाद धिताल, चरित्रा शाही, रतन बहादुर शाही लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *