नेपालगन्ज : योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबैलाई आवद्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीको उपस्थितिमा कोषको योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा कोषको कार्यालय नेपालगन्जको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा उद्योगपति, ट्रेड युनियनका नेताहरु र सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।

सामाजिक सुरक्षा कोष नेपालगन्ज शाखाका कार्यालय प्रमुख कैलाश यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोषका कार्यकारी निर्देशक कविराज अधिकारी, अतिथिमा कोषका निर्देशक उत्तमराज श्रेष्ठ, नेपालगन्ज औद्योगिक क्षेत्र कार्यालयका प्रमुख प्रकाश के.सी., उद्योगीहरु कन्हैयालाल, चम्फालाल बोर्था, लगायतका संघसंस्थाका प्रमुख, प्याब्सन बाँकेका अध्यक्ष यम बहादुर रावत, अन्टुफ, जिफन्ट र ट्रेड युनियन कांग्रेसका नेताहरु, विभिन्न संस्थामा रहेका ट्रेड युनियनका नेताहरु लगायतको उपस्थिति रहेको थियोे ।
श्रम तथा रोजगार कार्यालयका लोकेन्द्र बि.सी.ले सञ्चालन गरेको कार्यक्रममा कोषका सेवा सुविधाको बारेमा कोषका निर्देशक उत्तमराज श्रेष्ठले प्रस्तुतिकरण गर्नु भएको थियोे भने सहभागीहरुबाट सोधिएको प्रश्नको जवाफ कोषका कार्यकारी निर्देशकले दिनु भएको थियोे ।
