नेपालगन्ज मेडिकल कलेजमा छिट्टै क्याथल्याव सेवा सुरु गर्छौ : डा.कानोडिया

स्वास्थ्य/ खेलकुद

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा छिट्टै क्याथ ल्याब सेवा सुरु हुने भएको छ ।

सोमबार पत्रकार सम्मेलनमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्रवन्ध सञ्चालक डा. सुरेश कुमार कानोडियाले एकदुई महिना भित्रमा उक्त सेवा सञ्चालन गर्ने गरि काम भइ रहेको बताउनुभयो ।

नेपालगन्ज मेडिकल कलेज सुदुर तथा मध्यपश्चिमको रिफरल सेन्टर भएको हुदा यसमा दिइने सेवामा अझै थप प्रभावकारी, विश्वसनीय र छिटोछरितो गर्नका लागि अस्पताल हरदम अगाडि हुने उहाँले बताउनुभयो ।

काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालसंग न्युरो सम्बन्धिका जस्तोसुकै अप्रेसन पनि गर्ने र काठमाडौंका दक्ष चिकित्सक लिएर यहाँ सेवा दिने गरिएको छ । अर्ध चेत अवस्थामा राखेर ब्रेन ट्युमरको सफल शल्यक्रिया गरेपछि गरिएको पत्रकार सम्मेलनमा कलेजमा भएको एम आर आई मेसिन, सि.टी. स्याक्यान मेसिन, प्रयोगशालामा भएका अत्याधुनिक मेसिनको बारेमा उहाँले जानकारी गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *