नेपालगन्ज : बर्दियाको राजापुर देखि नेपालगन्ज तर्फ आइरहेको भे १ ख २५७१ नम्बरको हायस गाडी बुधबार राजापुर रामजानकी चोकमा दुर्घटना भएको छ ।
गाडी स्पीड भएको हुदा अनियन्त्रित भइ दुर्घटना भएको गाडीमा सवार यात्रुहरूले बताएका छन् । घाइतेहरु मध्ये ६ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा परी जिल्ला दार्चुला बस्ने बर्ष २५ को नेपालगंज नेपाली सेनामा कार्यरत भवान सिंह महरा, बाँके जिल्ला नेपालगंज उ.म.न.पा.१ बस्ने बर्ष ४६ को जंगबिर बि.क , जिल्ला बर्दिया गेरुवा गा.पा.६ मनाउ बस्ने वर्ष २२ को गंगा थारु , सोही ठाउँमा बस्ने बर्ष २२ कि जमुना थारु, भारत भर्थापुर बस्ने बर्ष ५५ को सुगन्धि थारु, कंचनपुर बेलौरी न.पा.६ बस्ने बर्ष २२ की बिष्णा डगौरा, कंचनपुर दोधाराचांदनि न.पा.८ बस्ने बर्ष ३० को उमेश रोकाया, जिल्ला बर्दिया गुलरिया न.पा.४ बस्ने बर्ष १९ को शिव चौहान, बर्दिया गेरुवा गा.पा.१० बस्ने बर्ष ४१ को रुपलाल जैशी, बाँके खजुरा गा.पा.६ बस्ने बर्ष २७ को गोबिन्द बिक (गाडी चालक) रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये नेपाली सेनामा कार्यरत भवान सिंह महरा सिकिस्त रहेको नेपालगन्ज मेडिकल कलेज इमर्जेन्सी विभाग इन्चार्ज डा. नैमुद्दिन अन्सारीले बताउनुभयो ।

