नेपालगन्ज : छपाई सम्बन्धि सम्पूर्ण कामकाज एउटै छानामुनी दिने उद्देश्यका साथ नेपालगन्जमा नेशनल प्रिन्टर्स सञ्चालनमा आएको छ ।
शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका मान बहादुर थापा र विज्ञान शाहले संयुक्तरूपमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ सेतु बि.क. चोक नजिकै उक्त प्रिन्टर्स सञ्चालनमा ल्याएका हुन् ।

शैक्षिक क्यालेन्डर, भिजिटिङ कार्ड, विद्यालयमा परीक्षामा प्रयोग गरिने पेपर, शील्ड, ब्याच, रिवन, मायाको चिनो, डायरी, पुस्तक प्रकाशन लगायतका सम्पूर्ण कामहरु एउटै ठाउँमा गरिने सञ्चालक थापाले बताउनुभयो ।
