नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य तथा प्रेस सेण्टर नेपालका बाँकेका सदस्य पत्रकार लक्ष्मण सापकोटको असमायिक निधन भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा केही बेर अगाडि सापकोटाको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। सापकोटाले कोहलपुरमा रही पत्रकारिता गर्दै आइरहनु भएको थियो ।
