बञ्जर भएको छ मस्तक यहाँ, केश अपांग भएको छ


भन्छौ अपांग तिमी मलाई, यहाँ देश अपांग भएको छ,

खै कहाँ गए आज, लेक–बेशी धाउने,

ती पैतालाहरु,
मुढा सरह ढलेको छ जीवन, यहाँ शेष अपांग भएको छ,

मौलिकता बिलिन भए, बिदेशी सँस्कृतिको,

चलखेलमा,

कहाँ गाडिए धर्म हाम्रो, यहाँ भाषा–भेष अपांग भएको छ,

आकाशिदो महङ्गी र घुसखोरी,

बरोजगारीको खाल्डो यो,

स्विजरल्यान्ड बनाउछु भन्ने, यहाँ मावो–काङ्ग्रेस,एमाले

अपांग भएको छ,

खै कसरी बिस्वास गरुँ र म, तिम्रा

ती वाचा कसमहरु,

प्रेमिल पुस्तक छाप्ने हेर, यहा प्रेस अपांग भएको छ,

बञ्जर भएको छ मस्तक यहाँ, केश अपांग भएको छ,

भन्छौ अपांग तिमी मलाई, यहाँ देश अपांग भएको छ”

गङ्गा पन्थी 
पुर्कोट गुल्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *