नेपालगन्ज : नेपालगन्जमा गरिएको कल्चरल कार्यक्रममा इन्डियन आइडलकि नेपाली मेनुका पौडेलले नेपालगन्ज रंगशालामा दर्शकलाई सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा भन्ने गीतमा छमछमी नचाएकी हुन् ।
नेपालगन्जमा अन्तरालको आयोजनामा फागुन २४ देखि सुरु गरिएको कल्चरल कार्यक्रममा आइतबार मेनुका पौडेलको धमाकेदार प्रस्तुति रहेको हो ।

सयौंको सङ्ख्यामा रहेका दर्शकहरूले मेनुकाले गाएका इन्डियन तथा नेपाली गीतमा खुबै रमाइलो गरेका थिए ।
