नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा हिजो भएको स्ववियु निर्वाचनको मत परिणाम अनुसार संयुक्त प्यानल विजयी भएको छ ।
सभापति पदका उम्मेदवार माधब खत्री, सचिव पदका उम्मेदवार हरेन्द्र बि.क. कोषाध्यक्ष पदका उम्मेदवार भरतराज बुढथापा सहित पुरै प्यान विजयी भएको छ ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा जम्मा १६ सय ९२ मत खसेको थियो । सभापति पदका उम्मेदवार खत्रीले नेविसंघका जीवनराम सुवेदीलाई ८८ मतान्तरले पराजित गर्दै माधव खत्री स्ववियु सभापति भएका छन् त्यसैगरी सचिव पदमा हरेन्द्र बि.क.ले ३२० मतको फराकिलो अन्तरले नेविसंघका नर्देव थारुलाई पराजित गरेका छन् । त्यसैगरी कोषाध्यक्षमा भरतराज बुढथापाले नेविसंघका देवी रेग्मीलाई १३८ मतको अन्तरले पराजित गरेका छन् ।
संयुक्त प्यानलका सदस्यहरूमा सुरेन्द्र रावल, पंकज सिजापति, टेकराज कंडेल, चिरिन्जीवी बुढा, निराजन अवस्थी, सुशील बर्मा, सरस्वती बुढामगर र महेश शर्मा विजयी भएका छन्।
४ हजार १ सय २२ मतदाता रहेकाे क्याम्पसमा १ हजार ६ सय ९२ मत खसेकाे थियाे।





