सन्धिखर्क : आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाले ६१.८१ अङ्क प्राप्त गरेर पहिलो बनेको छ । दोस्रो बनेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले ५३.८४ अङ्क प्राप्त गरेको छ । रेसुङ्गा नगरपालिका देशभरमै तेस्रो बनेको छ । बुधबार सार्वजनिक नतिजा अनुसार देशभरका नगरपालिका मध्ये रेसुङ्गा तेस्रो बनेको हो । रेसुङ्गा नगरपालिकाले ५०.०३ अङ्क प्राप्त गरेको छ ।
रास्ट्रिय प्राकृति स्राेत तथा वित्त आयोगकाे प्रारम्भिक नतिजा अनुसार रेसुङ्गा नगरपालिकाले ५०.०३ अंक प्राप्त गरी नगरपालिका मध्येमा रेसुङ्गा नगरपालिका देशकै तेस्रो बनेको हाे भने देशभरका स्थानीय तहमा आठाैं बनेको छ । नेपालमा नगरपालिका २ सय ७६ रहेका छन् ।

त्यस्तै गाउँपालिका भरिमा गुल्मीको मालिका गाउँपालिका देशमा प्रथम भएको छ । मालिका गाउँपालिकाले ५५.४० अङ्क प्राप्त गरेको छ । महानगरपालिका भरमा चितवनको भरतपुर महानगरपालिका प्रथम भएको छ । चितवनले भरतपुर महानगरपालिकाले ५६.२९ अङ्क प्राप्त गरेको छ ।
