५६ वर्षदेखि निरन्तर शिक्षण पेशामा, ७० वर्षको उमेरमा स्नातकोत्तर तहको विद्यार्थी


के.पी. घिमिरे
नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भर्ना भएका दाङका ७० वर्षका भीम प्रसाद बेल्बासे स्नातकोत्तर तह नेपाली विषय चौथो सेमेष्टरमा अध्ययनरत हुनुहुन्छ ।

२०१० साल असार महिनामा अर्घाखाँची जिल्लामा जन्म लिनु भएको बेलबासे सानै उमेरमा नै परिवारको साथमा दाङमा बसाइँ सरेको बताउदै उहाँले आफ्नो सरकारी शिक्षण पेसाको अबकाश पछि पनि अहिले निरन्तर शिक्षण पेशा गरि रहेको बताउनुभयो ।

उहाँले नागरिक पथसंग कुरा गर्दै मैले लगातार ५६ वर्षदेखि शिक्षण गरिरहेको छु मलाई छोराछोरी नाति नातीनिले नपढ्ने सल्लाह दिइरहन्छन तर मैले उनीहरुको कुरालाई नमानी परीक्षा दिन नेपालगन्जमा आएको हुँ उहाँले बताउनुभयो ।

उहाँले अर्घाखाँचीको श्री विश्व सेकेण्डरी स्कुलमा ३४ वर्ष शिक्षण पेशा गर्नु भएको थियो भने दाङको गोर्खा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुलमा २२ वर्षदेखि पढाइरहनु भएको छ । उहाँले १४ वर्षको उमेरदेखि पढाउन सुरु गरेको बताउनुभयो ।

उहाँले आफ्ना छोराछोरी दुवै अष्ट्रेलियामा भएको भन्दै उनीहरुले मलाई उतै बोलाएका छन् तर म जादैन आफ्नो देशको माटो प्यारो लाग्छ मर्नु परेपनि आफ्नै देशमा मर्ने उहाँले बताउनुभयो । म ७० वर्षको उमेरमा पनि तन्दुरुस्त छु तपाईंहरु भाइबहिनी अल्छी हुनुहुँदैन भनेर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई हौसला दिनु भएको छ ।

आफुले नेपाली विषयमा मास्टर्स गर्न लागेको बताउदै उहाँले म विषय नलागि उत्तीर्ण हुदै आइरहेको छु तपाईंहरु पनि उत्तीर्ण हुनुपर्छ भन्दै हौसला दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *