सहिद परिवारको सारथि बन्यो वाईसीएल बाँके

नेपालगंज बिशेष स्थानीय तह

नेपालगञ्ज- नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र निकट भातृ संगठन वाईसीएल नेपाल बाँकेले जनयुद्ध दिवसको अबसर पारेर सहिद परिबारको घर बनाउन सुरुवात गरेको छ । २९ औं जनयुद्ध दिवसको अवसर पारेर वाइसिएल नेपाल जानकी गाउँपालिकाले शाहीद क.नागेस्वर रैदासको परिवारलाई दुई कोठा घर र सौचालय निर्माण गर्ने घोषणा गरेर सहिद परिवारको सारथि बनेको छ । ।

२९ औं जनयुद्ध दिवसको अवसरमा वाइसीएलका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज किस्मत अली शेष (जित) को नेतृत्वको टोलिले जानकी गाउँपालिका वडा न. ३ कालिकापुर्वाका सहिद नागेश्वर रैदासको परिवारलाई २ कोठे घर र शौचालय बनाउने कार्यको सुरुवात गरेको छ ।

जिल्ला इन्चार्ज समेत रहेका जितको नेतृत्वमा रहेको टोलिमा जानकी गाउँपालिका इन्चार्ज बिजय कुमार बर्मा, कोहलपुर नगर अध्यक्ष लाल बहादुर खडका, श्रम तथा रोजगार विभाग केन्द्रिय सदस्य इरफान अली (अरसद), वाइसीएल बाँकेका सचिव नरेन्द्र ददेल, राप्ती सोनारी गाउँपालिका इन्चार्ज सुजल खड्का लगायत वाइसीएल जानकी कमिटीका युवाहरुको विशेष योगदानमा घर बनाउने कार्यको सुरुवात गरिएको बाँके इन्चार्ज किश्मत अलि शेषले बताए ।

संगठनले युवाहरुले आफ्नै श्रमदानमा उक्त घर निर्माण गरेर सहिद परिवारलाई हस्तान्तरण गर्ने वाइसीएल नेपाल बाँकेका इन्चार्ज जीत शेषले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *