बर्दियाकी २३ वर्षीय पुजा खत्री जसले १ वर्षमा ५ पटक लोकसेवामा नाम निकाल्न सफल

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ निवासी पुजा खत्री जसले एक वर्षमा पाँच ठाँउबाट लोकसेवाको परीक्षा उत्तीर्ण गरेकी छिन ।

उनले स्वास्थ्य सेवा तर्फ लुम्बिनी प्रदेश , बाग्मती प्रदेश र कोशी प्रदेशमा पाँचौ तहको आवेदन फारम भरेर नाम निकालेकी हुन भने कर्णाली प्रदेश र कोशी प्रदेशमा चौथो तहको आवेदन फारम भरेकी नाम निकाल्न सफल भएकी थिइन् ।

यी सबै पाँच वटै परीक्षा उत्तीर्ण गरेकी खत्रीले लुम्बिनी प्रदेश लोकसेवा कार्यालयको पाचौ तहको लिखित र मौखिक परीक्षा उत्तीर्ण गरि प्युठान जिल्ला सिफारिस भए पछि अन्यमा अनुपस्थित जनाएकी छिन ।

२३ वर्षकी खत्री एक सामान्य घर परिवारमा हुर्केकी र बर्दिया गुलरिया स्थित ध्रुव मा वि. सामुदायिक विध्यालयमा अध्ययन गरेकी उनका श्रीमान नवीन आचार्यले बताए । उनले स्वास्थ्य तर्फ एच ए. सामान्य चिकित्सा अध्ययन गरेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *