दिदी प्रदेश सभासद भाइ वडा अध्यक्ष तर राजनीतिक विचारधारा फरक, विकासका काममा एकता

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : एउटै घरका परिवारमा पनि राजनीति विचारधारा फरकफरक हुनसक्छ, जसले जसरी बुझ्न सक्यो त्यसरी आफू अगाडि बढ्ने हो भन्ने उदाहरण हो बाँकेका पुन परिवारमा ।

नेपाली कांग्रेस पार्टीबाट लुम्बिनी प्रदेश सभासद बनेकी माया पुन र नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष बनेका ग‍ोपाल पुन एकाघरका दुई दिदीभाइ हुन् । गोपाल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा निर्वाचित अध्यक्ष हुन् । त्यसैगरी माया पुन लुम्बिनी प्रदेश लेखा समिति संयोजक पनि हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुनको कार्यशैलीबाट स्थानीय जनताहरु खुसी भएका छन् उनका विकासको कामको प्रशंसा गर्दै आइरहेका छन् । हालै उनले आफ्नै दिदी अर्थात प्रदेश सभासद माया पुनबाट हिजो मात्र गणेशपुर पार्क निर्माण गर्नका लागि सिलान्यास गराएका छन् । उक्त बजेट पनि प्रदेश सभाषद माया पुनले उपलब्ध गराएको उनले जनाएका छन् ।

रु २५ लाख लागतमा निर्माण गर्न लागिएको पार्क दुबै दिदीभाइले पुजा आजा गरेर शिलान्यास गरेको वडा अध्यक्ष पुनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *