नेपालगन्ज : प्रेस सेन्टर नेपाल काेहलपुर नगर समितिकाे प्रथम वार्षिकोत्सव सम्पन्न भएकाे छ । बिहिवार काेहलपुरस्थित सहिद स्मृति भवनमा भब्यताका साथ प्रथम वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएकाे हाे ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा काेहलपुर नगरपालिका अभियान संयाेजक दामा शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा विभिन्न अग्रज संचारकर्मिहरुलाई सम्मान गरिएकाे छ । लामाे समयदेखि संगठनमा आवद्ध रहि संगठनकाे विकास र बिस्तारमा महत्वपूर्ण भुमिका खेलेका एक दर्जन बढी अग्रजहरूलाई दाेसल्ला ओढाएर सम्मान गरिएकाे हाे ।

सम्मानित हुनेहरूमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, नीति तथा परामर्श समिति केन्द्रीय सदस्य सुशील लामिछाने, केन्द्रीय सदस्यद्वय शिव सुनार र डा. डक्ट प्रसाद धिताल, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिवद्वय आलम खान र गजेन्द्र गुरूङ, प्रदेश सदस्य हेमन्त चाैधरी, पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, प्रेस सेन्टर नेपाल बाँके जिल्ला अध्यक्ष राजेश आचार्य, उपाध्यक्ष सीता वली र सचिव केपि घिमिरे रहेका छन ।
कार्यक्रममा “स्व. दिप बहादुर स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार-२०८०” बाट प्रेस सेन्टर नेपाल बाँके कि कोषाध्यक्ष अनिता विश्वकर्मा पुरस्कृत भएकी छन । प्रेस सेन्टर नेपाल काेहलपुर समितिका सचिव शुभाखर विश्वकर्माका दिवंगत बुवा दिप बहादुर विश्वकर्माकाे स्मृतिमा स्थापना गरीएकाे पुरस्कारबाट प्रेस सेन्टर नेपाल बाँकेकी काेषाध्यक्ष समेत रहेकी विश्वकर्मा पुरस्कृत भएकी हुन ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि दामा शर्माले पाँच हजार नगद सहित कदरपत्र प्रदान गरेकी थिईन । त्यसैगरी काेहलपुर नगरपालिकाबाट पुरस्कृत भएका डिल्ली शाही र शुभाखर विश्वकर्मालाई समेत प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएकाे हो साथै उक्त कार्यक्रममा ४ जना नयाँ सदस्यहरु प्रेस सेन्टर नेपाल बाँकेमा प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा स्व. दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता स्थापनार्थ बाँके जिल्ला सचिव केपी घिमिरेले रु १० हजार उक्त कोषलाई सहयोग गर्ने घोषणा गरेका छन् ।


