खजुरामा सञ्चालित पाँचौ मेयर रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


पुरन परियार
खजुरामा संचालित पाँचौ मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०७९ अाज सम्पन्न भएकाे छ । बाँकेको खजुरा गाउँ पालिका मा २०७८माघ०५ गते बाट श्री नेपाल राष्ट्रिय अार्दस अाधारभुत विद्यालय डि.गाउँ मा संचालन हुँदै अायकाे मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताकाे अाज समापन गरिएकाे हाे ।
उक्त रनिङ सिल्डमा खजारा गाउँ पालिकामा रहेका झन्डै ३० भन्दा बढि बिद्यालयहरुले सहभागी भयकाे थिय । प्रतियोगिताका विभिन्न खेलहरु खेलाईयकाे थियो । र प्रतियोगिताको एथलेटिक्स सर्बाेत्कृष्ट छात्रा तर्फ श्री जनता नमुना मा वि कि शान्ति पाैडेल ३ गाेल्ड । र छात्रा तर्फ जनता नमुना मा वि का टिकाराम सुनार ३गाेल्ड प्रप्त गर्नुभयकाे छ । तेसै गरि कबड्डि सर्बाेत्कृष्ट तर्फ श्री ज्ञनाेदय नमुना मा वि कि छात्रा  नन्दिका सुनार ले जित्नु भयकाे छ भने छात्र तर्फकाे उपादि श्री जनता नमुना मा वि का ईसरार खाँ ले हात पार्नु भएकाे छ । तेसैगरि भलिबल सर्बाेत्कृष्ट तर्फ छात्रा शान्ति पाैडेल श्री जनता नमुना मा वि र छात्र तर्फ बसन्त पाेख्रेल साहि बिद्यालयबाट रहनु भयकाे छ । यसैगरि मेयर रनिङ सिल्ड काे प्रथम पुरस्कार श्री जनता नमुना मा वि सन्तकुटी ले १६ गाेल्ड ४ रजत र  ३ कास्य प्रप्त गरेकाे छ भने श्री ज्ञनाेदय नमुना मा वि खजुरा ६ गाेल्ड ८ रजत र ३ कास्य प्रप्त गरेर  द्वितीय स्थानमा रहेकाे छ र ।  तृतीय स्थानका लागि ५ गाेल्ड ६ रजत र ६ कास्य प्रप्त गरि श्री अादर्श मा वि खजुरा ३ डि गाउँ तृतीय स्थान हाँसिल गरेकाे जानकारी सचिवालय ले दियकाे छ । समापन कार्यक्रमका प्रमुख अतिथि माननीय कृष्णा के सि (नमुना)ले यश खजुरा अाफ्नाे अतित संग जाेडियकाे र अहिले पनि यश क्षेत्र संग गहिराे सम्बन्ध भयकाे र अाउने दिन हरुमा खजुराका खेल तथा बिकासका याेजनाहरुलाई अाफु रहदा सम्म पुग्दाे सहयोग गर्ने बताउनुभएको छ ।
तेसै गरि कार्यक्रममा खजुरा गाउँ पालिका का अध्यक्ष डम्बरबहादुर बि.क (तुफान) ले भाबुक हुँदै उक्त प्रतियोगितामा भाग लिई खेल खेल्ने क्रममा चाेटपटक लागि घाइते खेलाडी हरु कालागि सम्पूर्ण उपचार खर्च पालिकाले ब्यहाेर्ने र खेलमा सहभागी ५० जना खेलाडीहरुकाे रु १००,००० एक लाख काे स्वास्थ्य बिमा सम्म गरिदिने घाेष्णा समेत गर्नुभयो ।  र अागामि अाउनु दिनहरुमा खेल क्षेत्रलाई प्राेत्साहान दिनका लागि स्थानीय सरकारले खेल्नुपर्ने भुमिका र छुट्टाउनु पर्ने बजेट हरुमा विषेश ध्यानाकर्षण गरिने पनि अध्यक्ष तुफान ले बताउनुभयो । कार्यक्रममा बाँके जिल्ला प्रहरी ईन्चार्ज राठौर , पालिका उपाध्यक्ष मन्जु मल्ल ,खेलकुद समितिका सदस्य सचिव छवि बिष्ट , पालिका प्रमुख प्रशासकीय नृपराज,उपाध्याय  सम्पूर्ण वडा अभाव तथा सदस्यहरू र विभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिका हरुकाे उपस्थित रहेकाे थियो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *