जनता माध्यमिक विद्यालय  पूर्व विद्यार्थी समाजको प्रथम स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न

लुम्बिनी प्रदेश बिशेष

बाँकेको खजुरा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराले आफ्नो प्रथम स्थापना दिवकोे उपलक्ष्यमा विभिन्न कार्यक्रम मनाएर स्थापना दिवस मनाएको छ ।
समाजले पहिलो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु मध्ये शनिबार  निःशुल्क आँखा चेक जाँच, रक्तदान तथा  सम्मान कार्यक्रम गरेको थियोे ।
पूर्व विद्यार्थी समाजले आयोजना गरेको एक कार्यक्रममा कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष झविलाल शर्माले गर्नु भएको कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यता खजुरा गाँउपालिका प्रमुख डम्वर वहाुदर वि.क. तुफानले गर्नुभएको हो ।

कार्यक्रममा एक वर्षको विशेष उपलव्धिको वारेमा समाजका अध्यक्ष शर्माले संक्षिप प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि खजुरा गाँउपालिका अध्यक्ष डम्वर विक तुफानले आफु यस समाजको स्थापना देखिनै साथमा रहेको र समाजले यो एक वर्षमा गरेको हरेक कार्यहरु उदाहरणीय रहेको बताउनुभयो ।  समाजले गर्ने हरेक  कार्यक्रममा पालिकाले समेत हातेमाले गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा समाजले श्री जनता मा.वि. सन्तकुटीबाट पहिलो पटक वि.सं. २०३१ सालमा एस एल सी उत्तिर्ण गनुहुने श्री जगदिश चन्द्र तिमिल्सेना र श्री सुमित्रा पौडेल श्रेष्ठलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरेको छ साथै समाजले शारीरिक रुपले अवस्थ रहनु भएका श्री जनता मा.वि. सन्तकुटीका पूर्व विद्यार्थी वसन्त सुवेदीलाई नगद रु. ५ हजार ५ रुपैया आर्थिक सहयोग समेत उपलव्ध गराएको छ ।

कार्यक्रममा सम्मानित पूर्व विद्यार्थीहरु श्री जगदिश चन्द्र तिमिल्सेना र श्री सुमित्रा पौडेल श्रेष्ठले आफ्नो पुराना अनुभव र अनुभुतिहरु सेयर गर्नु भएको थियो । आज ५० वर्ष पछि विद्यालयमा आउदा आफुले स्वर्गमा आएको जस्तो अनुभूति गर्नपाएकोमा खुसी व्यक्त गर्नु भएको हो  ।
समाजले आज नै पूर्व विद्यार्थी समाजका कार्यालयको उद्घाटन पालिका प्रमुख डम्वर वि.क. तुफानबाट सम्पन्न गरेको छ । समाजले कार्यालय स्थापनाका लागि सहयोग गर्नुहुने दाताहरुलाई सम्मान पत्र प्रदान गरेको छ ।

कार्यक्रममा समाजका नयाँ आजीवन सदस्यहरुको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष श्री पुर्ण वहादुर भण्डारी, नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटा, ज्ञानोदय मावि खजुराका प्रध्यानाध्यापक श्री ऋषिराम सापकोटा, आर्दश माविका पूर्व विद्यार्थी समाजका उपाध्यक्ष कोपिला कंडेल, आजीवन सदस्य जे.पाण्डे र भरत महत्तो समेतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य समाजका कोषाध्यक्ष रत्ना कार्की र कार्यक्रमको उद्देश्यमाथि प्रकास समाजका सचिव विवेक लामिछानेले गर्नु भएकोथियो भने कार्यक्रम संचालन समाजका सहसचिव सुजता खरेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *