फाइल तस्बिर -नेपालगन्ज – अस्पतालको ल्यापटप चोरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ परेका छन् । कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) रमेश भण्डारी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार धनगढी उपमहानगरपालिका–३ घर भएका असई रमेश भण्डारीलाई अस्पतालको ल्यापटप चोरेको आरोपमा पक्राउ गरिएको बताएका हुन् ।

पक्राउ परेका भण्डारीविरुद्ध चोरी जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ। दार्चुलामा कार्यरत भण्डारीले तालिमको लागि सो ठाउँमा आएका बेला अस्पतालको ल्यापटप चोरेको आरोप लागेको छ।
