तारा कुमारी खत्री  रोकायको मौलिक तीज गीत माइतीको सम्झनामा छिट्टै बजारमा आउदै

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : पुर्ण तारा फाउन्डेसन नेपालको आयोजनामा तयार पारिएको मौलिक तीज गीत माइतीको सम्झनाको आज सुटिङ भएको छ ।

केही दिनमा बजारमा आउने गरि भएको म्युजिक भिडियोमा माइतीघरको सम्झनामा जति पिर परेपनी भन्नुहुन्न कसैलाई, एउटा न एउटा पिर हुन्छ सबैलाई जस्ता मार्मिक शब्दहरुले गाएको गीत र म्युजिक भिडियो बजारमा आउन लागेको गायिका तारा कुमारी रोकायले बताउनुभयो ।

नेपालगन्जमा रहेको साथी कृष्ण कटेजमा गरिएको म्युजिक भिडियोलाई एकदुई दिनमा नै दिदीबहिनीहरुबिच पस्कने गरि गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *