समाजसेवी काफ्लेद्वारा भेरी अस्पतालमा भर्ना भएका भुकम्प पिडित बिरामीलाई रिचार्ज कार्ड सहयोग

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज – मोरिङ्गा लभर अथवा हरित अभियन्ता भनेर चिनिने नेपालगन्जका हेमन्त राज काफ्लेले आज भेरी अस्पताल नेपालगन्जमा भुकम्पमा परी घाइते भएका बिरामीहरुलाई रिचार्ज कार्ड सहयोग गरेका छन् ।

भर्ना भएका बिरामी र उनीहरुका आफन्तजनमा कुराकानी गर्न सजिलो होस् भन्ने उद्देश्यले सानो सहयोग गरेको काफ्लेले नागरिक पथलाई बताए । उनले रु ४ हजार ५ सय बराबरको रिचार्ज कार्ड भेरी अस्पतालका फोकल पर्सन नरेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।

केही बिरामीहरुको लागि स्वयं बेडमा पुगेर रिचार्ज कार्ड वितरण गरेको काफ्लेले बताए । उनी प्रत्येक दिन भेरी अस्पतालमा पुगेर बिरामीहरुको लागि सहजीकरण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *