भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय २८ जनाको मृत्यु

मुख्य खबर

नेपालगन्ज – शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने भुकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय २८ जनाको मृत्यु भएको छ ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

उद्दारका लागि ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।

बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुर र नेपालगन्ज पनि घाइतेको उपचारका लागि बिपत व्यवस्थापन टीम सहित तयारी अवस्थामा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलले बताउनुभयो ।

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेका छन् योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, भने १४० जना बढी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *