प्रमुख प्रशासकीय अधिकृतलाई गाउँपालिका उपाध्यक्षद्वारा हातपात

लुम्बिनी प्रदेश बिशेष

कपिलवस्तु – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन् ।

बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

वादविवादका क्रममा ज्ञवालीको नेम प्लेट र काम गर्ने कार्यालयको टेबुलको सिसा पनि फुटेको अधिकृत ज्ञवालीले बताए।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘एक्कासी मेरो कार्यकक्षमा आएर दुई मुक्का हान्नु भयो, टेबलका सिसा उठाउनु भयो कर्मचारी साथीहरू भएर बचाए ।’

आफू अहिले चेकअपका लागि अस्पतालमा रहेको अधिकृत ज्ञवालीले बताए ।

यता गाउँपालिकाका उपाध्यक्ष चौधरीलाई प्रशासनले सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

स्रोतका अनुसार उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र कामविशेष कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको बताइएको छ । ।

यसैगरी गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसेर उपाध्यक्षलाई पक्राउ गरी कारबाही गर्न माग गरीएको छ । उनलाई कारबाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन् । त्यस्तै अध्यक्ष चौधरी र अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य भेटेर ज्ञापन पत्र दिई कडा कारबाहीको माग गरेका हुन्।
साभार प्रशासन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *