नेपाल औषधि व्यवसायी संघ बाँकेको अध्यक्षमा अवस्थी

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज – नेपाल औषधि व्यवसायी संघ बाँकेको अध्यक्षमा जयदेव अवस्थी सर्वसम्मत रुपले चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न संघको दोस्रो अधिवेशनले अवस्थीको अध्यक्षता १३ सदस्यीय कार्य समिति निर्विरोध चयन गरिएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा पवन कुमार बाँनिया, थोक उपाध्यक्षममा सरदराज अधिकारी, खुद्रा उपाध्यक्षमा लेखनाथ बगाले निर्विरोध चयन भएको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर शाहले जानकारी दिए ।

त्यसैगरी महासचिव पदमा जीवन शर्मा, कोषाध्यक्षमा प्रदीप शाह, उप-कोषाध्यक्षमा सन्तोष घर्तिमगर चयन भएका छन् । महासचिवमा शर्मा दोस्रो कार्यकालका लागि पुनः दोहोरिएका हुन । चक्रबहादुर के.सी, राजेश कुमार गुप्ता, वेवी कुमारी मण्डल, लोकबहादुर कठायत र दिपेश श्रेष्ठ सदस्यमा निर्विरोध भएका छन् ।

निवर्तमान अध्यक्ष स्वत: पदेन सदस्य हुने र एकजना कार्यसमितिले मनोनीत गर्ने प्रावधान रहेकाले संघको कार्यसमिति १५ सदस्यीय हुने नवनिर्वाचित महासचिव जीवन शर्माले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *