लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णद्वारा बृद्धअबश्थामा रहेकाहरुलाई न्यानो कपडा वितरण

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णद्वारा आज बृद्धअबश्थामा रहेकाहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को शिव पार्वती धर्मशालामा २० जना बढीलाई न्यानो कपडा वितरण गरेको छ ।

क्लब कि अध्यक्ष लायन  हिरा खरालको अध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रममा लायन पूर्व डिष्ट्रिक गभर्नर मधुसूदन अधिकारी ,लायन एम जि एफ मुकुट ढकाल, लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट कि अध्यक्ष लायन सुमन गिरी, कोषाध्यक्ष लायन एङ्गिरा रेग्मी, लायन्स क्लब अफ इनोभेटिभ कि निवर्तमान अध्यक्ष लायन मिना ढकाल, लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट पुर्व अध्यक्ष लायन केपी घिमिरे, लायन्स क्लब अफ अन्नपूर्णका पदाधिकारी  लगायतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णका सचिव बुद्धि राज बर्तौलाले बताउनुभयो ।

जाडो मौसमको बेलामा बृद्धअबश्था रहेका बुबा,आमाहरुलाई न्यानो कपडा वितरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै पूर्व गभर्नर लायन मधुसूदन अधिकारीले व्यवस्थापन गरेको क्लबलाई धन्यवाद दिनुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *