उद्योग वाणिज्य संघ निर्वाचन: सदस्य पदका उम्मेदवार बुद्धि बहादुर बि.क. को हुन ?

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

केपी घिमिरे – कास्की जिल्लामा बुबा कुल बहादुर सुनार र आमा जौमा सुनारको जेष्ठ सन्तानको रुपमा  वि.स. २०२७ सालमा जन्म लिएका बुद्धि बहादुर बि.क. वि.स. २०५० साल देखि बसाइँसराइ गरेपछि बाँकेको नेपालगन्ज घरबारी टोलमा सुनचाँदी व्यवसाय  गर्दै आइरहेका छन् ।

व्यवस्थापन संकायमा स्नातक तह सम्मको अध्ययन गरेका बि.क. व्यवसायिक क्षेत्रमा भने वि.स. २०५० साल देखि निरन्तर लागिरहेका छन् । उनलाई बाँकेका उद्योगी व्यवसायीहरुले निडर, सक्षम , इमानदारी व्यक्तिको रुपमा लिने गरेको पाइन्छ ।

अहिले घरबारी टोलमा रहेको  न्यु दियाली सुनचाँदी पसलका सञ्चालक रहेका बुद्धि विभिन्न सामाजिक क्षेत्रमा पनि सक्रिय रुपमा लागिरहेका छन् । उनी वि.स. २०५१सालमा दलित सेवा संघको संस्थापक सचिव, नेपाल सुनचाँदी व्यवसायी संघका पुर्व केन्द्रीय सदस्य, सुनचाँदी तथा गहना संघ बाँकेका पुर्व अध्यक्ष, शुभकामना बहुउद्देश्यीय सहकारी संस्था खजुरामा पुर्व अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेश सभापति, कास्की सेवा समाजका सल्लाहकार लगायत दर्जनौं संघसंस्थामा काम गरेका छन् ।

व्यवसायिक गर्ने उद्योगी, व्यवसायी, दलित तथा पिछडिएका वर्गका व्यवसायी, महिला व्यवसायीको हरेक समस्याहरुलाई समाधान गरेर उद्योग व्यवसाय फस्टाउनु पर्छ भन्ने भावना बोकेर युवा व्यवसायी बुद्धि बहादुर बि.क. नेपालगन्ज उद्योग वाणिाज्य संघको भदौ २ गते हुन लागेको निर्वाचनमा समावेशी प्यानलको टंक बहादुर धामी नेतृत्वको टिममा सदस्य पदमा उम्मेदवार दिएको बताएका छन् ।

उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो सदस्य पदको उम्मेदवार दर्ता १४ नम्बरका गराएको बताउने बि.क.ले बाँकेका सम्पूर्ण उद्योगी, व्यापारी सबैलाई समावेशी प्यानललाई अत्यधिक मत दिएर विजयी बनाउनका लागि अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *