नेपालगन्ज : बाँकेको नेपालगन्जमा एक साता अर्थात असोज १६ गते दिउँसो १ बजे देखि लगाइएको कर्फ्यु र निषेधाज्ञा आज देखि पुर्ण रुपमा हटाइएको छ ।
आज जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी.ले एक विज्ञप्ति निकाली नेपालगन्ज शहर पछिल्लो समयमा शान्त बन्दै गएको हुदा कर्फ्यु र निषेधाज्ञा आज बिहान ४ बजेदेखि पुर्ण रुपमा हटाइएको बताएका छन् ।
हेर्नुहोस् विज्ञप्ति-


