नेपालगन्ज : नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. मा कानुन संकाय कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले चैत ६ गते उच्च अदालत सुर्खेतको शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेका छन।
उक्त अवलोकन भ्रमणको अवसरमा उच्च अदालत सुर्खेतले आयोजना गरेको मिट द जज कार्यक्रममा उच्च अदालत सुर्खेतको कामु मुख्य माननीय न्यायाधीश माधव प्रसाद पोखरेल, मानानीय न्यायाधीश पुनम चन्द तथा उच्च सरकारी वकिल कार्यालय सुर्खेतका सहन्यायाधिवक्ता ज्ञान प्रसाद भुसाल, उच्च अदालत सुर्खेतका उपरजिष्टार साथै
शाखा अधिकृतहरु चेतन कुमार तिमिल्सिना,धर्म रिजाल, सुरेस मल्ल तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा विद्यार्थीहरुको जिज्ञासालाई कामु मुख्य न्यायाधीश,सहन्यायाधिवक्ता तथा उपरजिस्टारले अदालतको कामकारबाहीको बारेमा जवाफ दिए सङ्गै कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा जि.भि.एन. मा.वि. नेपालगन्जका शिक्षक केपी घिमिरे, कुल बहादुर भण्डारी, जयराज जैसी र जमुना क्षेत्री उपस्थित रहेका थिए । कक्षा ११ र १२ मा पढ्ने ५१ जना विद्यार्थीहरुको सहभागीता रहेको थियोे ।


