नेपालगन्ज : नेपालगन्जमा हिजो दिउँसो १:०० बजेदेखि लगाइएको कर्फ्यु अहिलेसम्म यथावत रहिआएको मा आज जिल्ला प्रशासन कार्यलय बाँकेको आयोजनामा सर्वदलीय बैठक बसेको हो ।
उक्त सर्वदलीय बैठकले तीनवटा निर्णय गरेको छ । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सद्भाव भड्काउने, कसैको धार्मिक आच आउने गतिविधि गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने, शान्ति सुरक्षाको वर्तमान अवस्थाबाट क्रमश कर्फ्युलाई खुकुलो पार्दै लैजाने तथा धेरै भन्दा धेरै सबै तप्का, क्षेत्र र व्यक्तिको उपस्थित गराएर सामाजिक सद्भाव र्यालि निकाल्ने निर्णय गरिएको हो ।


