नगरकोटको त्यो एक रात ……..

विचार/व्लग

कृष्ण दर्शन
-नेपालगन्ज बिमानस्थलबाट पोखरा हुँदै काठमाडौंमा भेटेको  म बिहानीपखको मिरमिरे उज्यालो सम्म पनि मस्त निन्द्रामा थिएँ।

केही समयपछि फोनको घन्टी बज्न थाल्यो, त्यो फोनको घन्टीभन्दा प्यारो मेरो लागि त्यो बिहानीपखको निन्द्रा थियो। फोन साइलेन्ट गरेर सुतिरहेँ।

दोहोर्‍याएर बजेको फोनको घन्टीले निद्रालाई छोडेर उठ्न बाध्य बनायो। फोन गर्ने अरू कोही नभएर उनी रहिछिन ।

अघिल्लो दिन नै म र उनि नगरकोट घुम्न जाने प्लान भएको थियो। छिट्टै निस्कनु भन्न फोन गरेको रहिछिन ।
उनी र म दुई वर्षदेखि प्रेममा थियौं। म घरमा साथीहरूसँग घुम्न जाने बहाना बनाएर निस्किएँ।

घर छेउ मै म लिन पुगे अनि हामी त्यहाँबाट नगरकोटतिर लाग्यौं। नगरकोट म पहिलोचोटि गएको थिएँ, उनी त्योभन्दा पहिले धेरैचोटि गै सकेकी रहिछन ।  नगरकोटको शिरशिरे हावा, त्यो मन नै लोभ्याउने भ्यू, भ्यू टावरबाट देखिने ती हिमश्रृङ्खला निकै आकर्षक देखिन्थे।

मौसम बिहानदेखि पानी पर्लापर्ला जस्तो भएको थियो नभन्दै पानी पर्यो। घडीले रात पार्नै आँटेको थियो। हामी एक प्रेमिल जोडी एकअर्कामा मग्न, मख्ख हुँदै बिहे भएका जोडी हेर्दै हाम्रो पनि त्यही दिन आउँछ भन्दै मीठा मीठा गफमा गफिदै गर्दै थियौं।

पानीका एक दुई फोका झर्न थाले, हामी खाजा खान भनेर एउटा लजमा गयौं। खाजा खाँदै हामी एक अर्कालाई मुखामुख हेर्दै थियौं। खाजा खाएर सकियो तर पानी झन् बढ्दै आउन थाल्यो। घडीले रात झमक्कै पार्यो। पानीमै भए नि हामी फर्किन लाग्यौं। अलि तलमात्रै आइपुगेका थियौं पानीको बेगले गाडी चलाउन नै गाह्रो भएको थियो ।

वरिपरी देख्ने मान्छेहरू हामीलाई पानीमा गाडि नचलाउन सम्झाउँदै थिए। मैले एउटा लजको छेउनेर गाडी रोके, अनि मलाई उनले भनिन् , ‘आज यतै बसौं न माया जान सकिँदैन जस्तो छ, म दोधारमा परेँ ‘हुन्छ’ भनौं भनें घरमा के भन्नु, ‘हुन्न’ भनौं भने जान सक्ने अवस्था छैन, मैले टाउको हल्लाउँदै ‘हुन्छ’ भनेँ।

हामी त्यही नगरकोट बस्यौं। त्यो दिन पानी परेर होला हामी बसेको होटलमा सबै कपल जोडीहरु मात्र देखिन्थे।

उनी र म घुम्न पहिलेदेखि नै जान्थ्यौं तर बेलुका घर नै पुग्थ्यौं। आज पहिलो पटक उनी र म सँगै बस्दै थियौं। मनमा अनेकौं कुराहरू आइरहेका थिए। होटलमा बसेका सबै रमाइलोतिर मस्त अनि व्यस्त देखिन्थे। नाच गान चल्दै थियो। सबै आ-आफ्नै पारामा। कोही हातमा बियरको बोतल लिएर नाच्दै थिए, मैले पनि बियर खान मेरो अनुमति माग्दै थिए । मैले रोकिनँ पनि। पानी रोकिन थाल्यो, रात छिप्पसकेको थियो।

मलाई बियर शरीरमा लागिसकेको थियो। उनि पनि नशामै थिइन । मेरो कर कापले उनिले पहिलो पटक मसँगै बियर खाएकी थिइन ।

खै कस्तो चिज रहेछ यो नशा भन्ने पनि आफूले आफूलाई कन्ट्रोल गर्न नसक्ने अनि मायाभन्दा कामुकता प्यारो लाग्ने!
रात परिसकेकाले  म्युजिकको साउन्ड बन्द भयो। त्यो होटलमा बस्ने सबै जना आ-आफ्नो कोठातिर लागे।

तीमध्ये हाम्रो जोडी पनि एक थियो। बन्द कोठा अनि एक प्रेमील मायालु जोडी, शारीरिक रूपमा परिपक्व  त्यसमा पनि शरीरभरि नशा चडिरहेको बेला, हामी दुई एक अर्कालाई चाहन लाग्यौं।

मीठो चुम्बनको स्वादमा, उनको कपडा खोल्नतिर लागे। उनी म सँग हराइसकेकि थिइन । खै कस्तो रहेछ यो माया भन्ने चिज जसले मलाई संसार जितेको आभास गराउँदै थिइन ।

बियरको नशाभन्दा उनको नशाले ज्यादै छोएको थियो। कति बेला निदाएछु पत्तै भएन। बिहान छिट्टै निन्द्रा खुल्यो निद्राबाट बिउँझदा उनी र मसँगै एउटै बेडमा थियौं। अगाडि भएको ऐना हेर्दै आफूदेखि आफैंलाई रिस उठ्दै थियो। आफूले आफैंलाई निकै प्रश्न गर्दै थिएँ, जुन प्रश्नको जवाफ म आफैं थिएँ। गल्ती गरेको मात्रै महसुस भयो।

मनमा उनि प्रति नराम्रो फिलिङ्स आउन थाल्यो ।  उनको निन्द्रा खुलेको थिएन। उसलाई उठाउने मलाई मन थिएन। टाउको केही मात्रामा दुख्दै थियो। म सुक्क सुक्क गर्दै रूँदै थिएँ। उसलाई मेरो रूवाइले उठायो। उनी मलाई हेर्दै छक्क पर्दै थिइन । अनि सोधिन ‘ओइ! पागल के भयो ? किन रोएको, जे नहुनु भैसक्यो। तिमीलाई नि बियरले छोएछ म त झन् झ्याप थिएँ।’

उनको यो कुराले मेरो मुटु टुक्रा, टुक्रा हुँदै थियो। म केही बोलिनँ। मैले सम्झाउँदै थिए। ‘रून्ची हामी छिट्टै बिहे गर्दैछौं अब, तिमीलाई एक्लै राखेर म कहाँ बस्न सक्छु’, यस्तै, यस्तै सान्त्वनाका कुरा थिए उनको।

हामी घरतिर लाग्यौं, उनिलाई घर नजिकै छोडेर म घर फर्किए। ममी बाबाको अगाडि मुख देखाउन पनि  लाज हुँदै थियो भन्दै थिइन् ।  डाँको छोडेर रून मन थियोे तर सकिनँ। भन्दै थिइन ।

उनले सिकेको संस्कारले मलाई बिहे अगाडि परपुरूषसँग सम्बन्ध नराख्नू, छोरी मान्छे घर छोडेर अन्त रात बस्न नजानू। यस्तै सिकाइएको थियो।

यो समाजले उनको इज्जत, उनको अस्तित्व शरीरमा  राखेको छ। तर मैले यी सबै कुरालाई लत्याएँ। उनको कुमारित्व नष्ट गरेँ। मैले उनलाई छोड्यो भने उनको इज्जतमा दाग लाग्छ। बाआमाको प्रतिष्ठामाथि आँच आउँछ । यस्तै नेगेटिभ कुराले उनलाई चिन्तित गरायो।
हाम्रो नेपाली समाजमा मात्रै हो वा अरू ठाउँमा पनि यस्तै हुन्छ भन्ने प्रश्न उनको मनमा आयो।

अनि उनले गुगल गरिएका कुराहरू गुगलमा सर्च गरिन् , कुनै कुनै देशभित्र यो प्रथा रहेछ भने धेरै राष्ट्रहरूले उमेर पुगेको हकमा यो व्यक्तिको स्वतन्त्रता हो भनेर सामान्य रूपमा लिएका रहेछन्। यो थाहा पाएपछि हाम्रो घाउमा धेरै थोरै मलम  त भयो तर पूर्ण रूपले भने ठिक हुन सकेन। हामीले मिल्ने साथीलाई सबै कुरा सुनायौँ।

उसले सजिलैसँग भनि ‘प्रेमी–प्रेमीकाबीच यो नर्मल कुरा हो,  दुई वर्ष भयो म रिलेसनमा भएको, दुनियाँ काँबाट काँ पुगिसक्यो नेपालीहरू भने भर्जिनिटीकै पछाडि परिराछन्’ हामी झन् अचम्ममा परियो उनको कुराले।

समय बित्त्दै गयो, हामीले झन् धेरै माया गर्न लाग्यौ । कुनै दिन पनि उनको मायामा कमी आउन दिइन । उनले गरेको माया देख्दा डर, शंका लाग्ने ठाउँ नै थिएन। हामीले माया, समयभन्दा धेरै इज्जत दिन्थ्यौ ।

बेला मौकामा हामीबीच झगडा हुन्थ्यो। कतै हामी छुटिनुपर्छ कि भन्ने डर पनि लाग्थ्यो। तर उनी भन्दा म परिपक्व थिए सबै कुरामा। मलाई बच्चालाई जस्तो एकोहोरो माया गरिराख्छन सधैं।

उनको घरमा बिहे गर्ने सल्लाह भएछ मेरो भने दुई वर्षपछि गर्ने कुरा थियो। तर हामी दुई एक भएपछि कस्को के लाग्छ र ! बिहे गर्ने भैइयो।

आमा बाबासँग नै कुरा गरे विवाहको लागि तर असम्भव ।
उनिमा खोट लगाउने ठाउँ नै थिएन। पेशाले उनी जागिरे थिइन । बाबा आमाले मेरो एकै वचनलाई सहर्ष अस्वीकार्नु भयो।

प्रेममा रहिरदा म कारणबस् काठमाडौ छोड्नु पर्यो करिव चैत्रको अन्तिम साता  तिर म गाँउतिर लागे ।
गाउँ आउने वितिकै व्यवसायीक कारण भारत जानुपर्यो त भारत मा २० दिन बसेर नेपाल आउदा उसको सिउदो अर्कैले भरिसक्केको रहेछ ।

मैले शरीर छोएकी उनलाई अर्कैले सिउँदो छुन पुगेछन् ।
अनि मलाई लज्जास्पद महसुस भयो उनको शरीरमा भएको उनको इज्जत सम्म गर्न नसक्नु मेरो महान कमजोरी रहन पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *