मैले कुनै गल्ती गरेको छैन हल्लाका पछाडि लागेर  समय खेर नफालौं : प्रदेश सांसद खत्री

मुख्य खबर लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : हिजो केही अनलाइनमा समाचार प्रकाशित भएपछि लुम्बिनी प्रदेश सभाषद रत्न खत्रीले आफुले कुनै गल्ती नगरेको स्पष्ट पारेका छन् ।

अनलाइन समाचारमा प्रदेश सांसद लाइसेन्सको सेटिङमा अख्तियारद्वारा अनुसन्धान सुरु भन्ने समाचारप्रति दु:ख व्यक्त गर्दै म जनताको घरदैलोमा उनीहरुका सुखदुःख बुझ्न हिडिरहेक‍ो छु सत्यतथ्य नबुझी समाचार शेयर गर्ने र मलाई सोधेपनि त हुन्छ भनि उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्नुभएको छ ।

उहाँले लेखेको स्टाटस यस्तो रहेको छ ” बडा अचम्म लाग्छ । कहिलेकाही मान्छेहरु विकृत हावाहुरीको पछाडि किन कुद्छन्  ? जहाँ जे कुरामा चित्त बुझेको छैन, त्यसमा केन्द्रित भएर मलाई सोधपुछ गर्दा हुन्छ, कुरा गर्दा हुन्छ । म जनताको विचमा काम गरिरहेको र हुर्किरहेको तपाईंहरुकै प्रतिनिधि हुँ । मैले कुनै गल्ती गरेको रैछु भने त्यसैमा केन्द्रित भएर लेखौ, गाली गरौ, निन्दा र भत्सर्ना गरौ मित्रहरू,कपोकल्पित, झुट्टा र भ्रामक समाचारका कथा बुनेर समय खेर नफालौ, म जुनसुकै आरोप को जवाफ जुनसुकै ठाउँमा दिन तयार छु ” ।

लाइसेन्स सेटिङमा प्रदेश सांसद भन्दै एमालेका सांसद रत्न खत्री र जसपा नेपालको सांसद अम्बिका काफ्लेको नाम मुछिएको छ । उता जसपा सांसद काफ्लेलाई नागरिक पथ सम्बादाताले बुझ्न खोज्दा राजनीति प्रतिश‍ोध साधिएको बताउनुभयो । हामी जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरु हौं हामीले जनताको काम गर्नुपर्छ यसरी रिसिबी साध्नु राम्रो नभएको भन्दै आफू कानुनी उपचार खोज्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *