नेपालगन्ज मेडिकल कलेज कर्मचारी संगठनको १९ औं वार्षिकोत्सब तथा तीज मिलन कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठन केन्द्रीय कमिटीको १९ औं वार्षिकोत्सब तथा तीज मिलन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

आज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भएको उक्त कार्यक्रममा कर्मचारी संगठनका २०७९ असार ३२ पछि ६० वर्ष उमेर पुगेर अवकाश भएका कर्मचारीहरुलाई सम्मानित गरिएको हो ।

लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. कर्मचारी संगठन केन्द्रीय कमिटीको सभापति रत्ना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा. सुरेश कुमार कानोडिया, बिशिस्ट अतिथिमा उक्त संस्थाका कार्यकारी अधिकृत डा. सुनिल सिंह, अतिथिहरुमा शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. रेशम बहादुर राना, डेपुटी डाइरेक्टर डा. दिनेश श्रेष्ठ, मेट्रोन ललिता शर्मा, पूर्व मेट्रोन रम्भा शर्मा, कर्मचारी संगठनका निवर्तमान सभापति कुश्माखर बश्याल, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सभापति राम बहादुर मल्ल, कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्का लगायतको उपस्थित रहेको हो ।

उमेर हदका कारण सम्मानित हुनेहरुमा सुन्दरलाल वाल्मीकि, नैन बहादुर दर्लामी, हस्त बहादुर थापा, रेशमलाल रेग्मी लगायतका रहेका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथि कानोडियाले महिला दिदीबहिनीहरुको तीजको शुभकामना दिनुका साथै बिरामीको उपचारमा पनि ध्यान दिन अनुरोध गर्नुभएको छ ।

उक्त सम्मान तथा तीज मिलन कार्यक्रममा शिक्षण अस्पताल कोहलपुरका चिकित्सक तथा कर्मचारीहरु, नेपालगन्जका कर्मचारीहरु, चिसापानीका कर्मचारीहरुको बाक्लो उपस्थित रहेको थियो ।


कार्यक्रममा स्वागत मन्तव्य कर्मचारी संगठनको बरिस्ठ उपसभापति सुमन गिरीले गर्नु भएको थियो भने शुभकामना मन्तव्य कोहलपुर अस्पताल मेट्रोन ललिता शर्मा, कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सभापति रामबहादुर मल्ल, कोहलपुर अस्पताल निर्देशक रेशम बहादुर राना, संस्थाका कार्यकारी अधिकृत डा. सुनिल सिंह, प्रमुख अतिथि डा. कानोडिया लगायतले राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *