नेपालगन्ज : श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा कार्यालय प्रमुखको रुपमा कमल पौडेल हाजिर हुनु भएको छ भने रुद्र नारायण साहलाई बिदाइ गरिएको छ ।
श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा लगभग दुई वर्ष सेवा दिनु भएको रुद्र नारायण शाहलाई उक्त कार्यालयमा अहिलेसम्मकै उत्कृष्ट काम गर्ने प्रमुखका रुपमा भएको बाँकेका ट्रेड युनियनका नेताहरू तथा श्रमजीवी श्रमिकहरुले बताएका छन् । छोटो समयमै सबैको मन जित्न सफल साह नेपालगन्ज देखि बिरगंज सरुवा हुनुभएको हो ।

आजै रमाना पत्र बुझि बिरगंज जानू भएको साहले श्रमजीवी श्रमिकको हकहितका लागि र कानुन सम्मत भएमा कुनै कसुर बाकी नराखी आगामी दिनहरुमा पनि गर्ने बताउनुभयो । नयाँ कार्यालय प्रमुखका रुपमा पाल्पा घर भएका बुटवल कार्यालय देखि सरुवा भएर नेपालगन्जमा आउनु भएको कमल पौडेलले आफुले कानुनको दायरा भित्र रहेर श्रमजीवी श्रमिकका आफ्नो कार्यालयमा परेका निवेदनहरुमा उचित न्याय दिलाउने आश्वासन दिनुभएको छ ।
श्रम तथा रोजगार कार्यालय नेपालगन्जमा रहेका तिनजना कार्यालय प्रमुख सहितको सरुवा भइ नयाँ कर्मचारी आएका हुन् । त्यस्तै नयाँ कर्मचारीको रुपमा कार्यालय प्रमुख पौडेल सहित यज्ञ बहादुर राना र चिन्तक चौधरी रहेका छन् । आज बुधबार श्रम तथा रोजगार कार्यालयको सभा हलमा भएको फेरि भेटौला र स्वागत कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बुटवलका सहसचिव गिरीराज ज्ञवाली प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएको थियोे ।
श्रम तथा रोजगार कार्यालय नेपालगन्जका कर्मचारी लोकेन्द्र बि.सी. ले सञ्चालन गरेको कार्यक्रममा श्रम तथा रोजगार कार्यालय बुटवलका शाखा अधिकृत दामोदर ज्ञवाली, वाणिज्य तथा आपूर्ति कार्यालय बाँकेका देविलाल चौलागाईं, विष्णु प्रसाद धिताल, सुरेशराज पौडेल, सामाजिक तथा सुरक्षा कोष कार्यालयका नेपालगन्ज प्रमुख कैलाश यादव, ट्रेड युनियनका नेताहरुको, श्रम तथा रोजगार कार्यालयका कर्मचारीहरु लगायतको उपस्थित रहेको थियो ।


