चारवटा क्लबको संयुक्तरूपमा पदस्थापना कार्यक्रम सम्पन्न

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : अन्तर्राष्ट्रिय रुपमा सामाजिक संस्थाको रुपमा  स्थापित भएको लायन्स क्लब इन्टरनेशनल ३२५ एन अन्तर्गतका  संस्था लायन्स क्लफ अफ नेपालगन्ज एभरेस्ट लगायतका चारवटा क्लवले संयुक्तरूपमा आज पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

आज नेपालगन्जमा रहेको सुनाखरी रेष्टुरेन्टमा भएको कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट, लायन्स क्लब अफ सिद्धी विनायक, लायन्स क्लब अफ नेपालगन्ज युनिटी र लायन्स क्लब अफ नेपालगन्ज न्युरोड रहेका छन् ।

डिष्ट्रिक गभर्नर ला. मुकुट ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, प्रथम भिडिजी लायन ज्ञानेन्द्र श्रेष्ठ, पिडिजि लायन मधुसूदन शर्मा, पिडिजी लायन शेम शाक्य, डिष्ट्रिक सेक्रेटरी लायन उमा थापा, डिष्ट्रिक कोषाध्यक्ष लायन तेज प्रसाद अधिकारी, लायन लिडर चिन्ता मणि धिताल,  जोन चेयर पर्सन लायन बिन्दु चर्ती मगर लगायतका लायन लिडरहरु, क्लवका पदाधिकारी र नयाँ सदस्यहरुको उपस्थित रहेकोे थियोे ।

उक्त क्लवका निवर्तमान अध्यक्षहरुले वर्ष २०२२/२३ मा गरेको कामहरू बताएका थिए भने नवनिर्वाचित अध्यक्षहरुले वर्षभरिमा गरिने कामहरुको रिपोर्ट गरेका थिए । गभर्नर लायन मुकुट ढकालले नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरु, पास्ट अध्यक्षहरु सबैलाई पिन  लगायर र प्रमाणपत्र दिएर सम्मान गर्नु भएको थियोे । उक्त कार्यक्रममा शुभकामना दिनुहुने अतिथिहरुले सामाजिक संस्था लायन्स क्लवको बारेमा भनाइहरु राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *