केपी घिमिरे : गोर्खा जिल्लामा २०३१ सालमा बुबा रमेश न्यौपाने र आमा गोमा न्यौपानेको कोखमा जन्म लिनु भएको मन्दिरा पाण्डे सानै उमेरमा नै व्यवसायी बन्ने उहाँको सपना रहेको थियो । वि.स. २०३२ सालदेखि बाँकेको कोहलपुरमा बसाइँसराई गरेका न्यौपाने परिवारले २०४९ सालदेखि नेपालगन्जमा स्टेसनरी व्यवसाय गर्ने सोच बनाइ सोही अनुसार पाण्डेले व्यवसाय गरेको बताउनुहुन्छ।
न्यु त्रिवेणी पुस्तक पसलको नामबाट व्यवसाय सुरु गरेकी पाण्डे लायन्स क्लवमा आवद्ध भइ जोन चेयर पर्सन समेतको जिम्मेवारी निर्वाह गरेको बताउनुहुन्छ । महिला दिदीबहिनीहरुलाई आर्थिक स्वाबलम्भी बनाउनुपर्छ भनेर आवाज उठाउने महिलाहरुमा अग्रणी स्थानमा पाण्डे रहनुभएको छ।

पछिल्लो समय सामाजिक क्षेत्रमा समेत सक्रिय रुपमा लाग्नु भएको पाण्डे विगतमा एथलेटिक्स खेलाडी पनि रहनु भएको थियो, भदौ २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा टंक बहादुर धामी नेतृत्वको समावेशी प्यानलबाट महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको बताउनुभयो ।
आफ्नो समावेशी प्यानलले जितेर आएपछि उद्योगी, व्यवसायीहरुका हरेक समस्याहरुलाई सहकार्य गरेर समाधान गर्नमा आफू लागि पर्ने उहाँले बताउदै बाँकेमा व्यापार व्यवसाय गरेर बस्नुहुने सम्पूर्ण उद्योगी, व्यापारी सबैलाई आफुलाई र आफ्नो समावेशी प्यानललाई अमूल्य मत दिएर विजय गराउनका लागि उहाँले अपिल गर्नुभएको छ ।

