जि.भि.एन. कलेज नेपालगन्जका  विद्यार्थीहरुद्वारा नव किरण पुर्नस्थापन केन्द्र भिजिट

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बाँकेको जि.भि.एन. कलेज नेपालगन्जमा  कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको नव किरण पुनःस्थापन केन्द्रमा गएर त्यहाँ अध्ययन अनुसन्धान गरेका छन् ।

उक्त कलेजमा कानुन संकायमा अध्ययनरत बिद्यार्थीहरुले सामाजिक अध्ययन तथा जिवन उपयोगी सीपमा समाबेश गरिएको मानवता सम्बन्धि विषयलाई आत्मसात गर्दै नेपालगन्जमा रहेको उक्त केन्द्रमा गई त्यहाँ राखिएका लागूपदार्थ सेवन गरेर सुधारका लागि राखेका व्यक्तिहरुको बारेमा अन्तक्रिर्या तथा रिसर्च गरेका छन् ।

उक्त विद्यालयका इन्चार्ज केपी घिमिरे, कानुन विषय अध्यापन गराउने शिक्षक जयराज जैसी, लेखाराम श्रीवास्तवले  विद्यार्थीहरुलाई लगेर त्यहाँ पुगेका थिए ।

उक्त नव किरण पुनःस्थापन केन्द्रका सञ्चालक उत्तम खरेल लगायतको टीमले विद्यार्थीहरुलाई कसरी कुलतमा फसेकाहरुलाई छुटकारा दिलाउने, साथीहरूको संगतमा लागेर कसरी लागूपदार्थ दुर्व्यसनीमा फसिन्छ भन्ने जानकारी विद्यार्थीहरुलाई दिइएको थियोे ।

उक्त संस्थाका सञ्चालक उत्तम खरेलले बाँके जिल्लामा ५ बिगाहा भन्दा बढी जग्गामा आर्थिक अवस्था कमजोर भएकाहरुलाई निशुल्क सेवा दिने गरि खजुरा रोडमा नव किरण पुनःस्थापन केन्द्र बनाउने बताउनुभयो ।

गतसाल गृह मन्त्रालयले देशभरिका लागुपदार्थ पुर्नस्थापना केन्द्रहरु मध्ये उत्कृष्ट भनेर सम्मान गरेको खरेलले बताउनुभयो । हालसम्म ८ सय भन्दा बढी उक्त केन्द्रबाट सेवा लिएर नियमित आफ्नो जीवनयापनमा लागेको सञ्चालक खरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *