वक्तृत्वकला प्रतियोगितामा जि. भि. एन. कलेज नेपालगन्ज कि छात्रा पाण्डे प्रथम

नेपालगंज बिशेष शिक्षा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा रहेको सिर्जन शील बाल क्लबको आयोजनामा तथा सामुदायिक प्रहरी सेवा केन्द्र र लागू औषध नियन्त्रण ब्युरो लगायतका संस्थाहरुको सह प्रायोजन र नेपालगन्ज उपमहानगरपालिका वडा नं २० को वडा कार्यालयको आर्थिक सहयोगमा गरिएको माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा जि.भि.एन. कलेज नेपालगन्जमा अध्ययनरत छात्रा वर्षा पाण्डेले प्रथम स्थान हासिल गरेकी छिन् ।

माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा लागू औषध न्युनिकरणमा अभिभावकको भूमिका शीर्षकमा प्रतिस्पर्धा गराइएको थियोे । जसमा प्रथम स्थान हासिल गर्न सफल जिभिएन कलेजमा अध्ययनरत छात्रा वर्षा पाण्डे , त्यसैगरि द्वितीय स्थान हासिल गर्न बिभिएम कलेजमा अध्ययनरत छात्रा सुमित्रा आचार्य भएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *