नेपालगन्ज : स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार नन्दकिशोर कश्यप जीत भएको छ ।
उक्त वडाको क्षेत्र अघिल्लो स्थानीय चुनाबमा कांग्रेसले जित हासिल गरेको थियोे । तर यस पटकको चुनावमा राम्रो छबि भएका कश्यपलाई जनताको साथ रहेको देखियो । उनी अघिल्लो स्थानीय चुनावमा हारेका थिए । हार पश्चात् उनी निरन्तर जनताको सुखदुःखमा साथ दिएका पुनलाई पार्टीको कटिबद्ध मत भन्दा पनि थप मत मिलेको स्थानीय बताउँछन्।

उनलाई त्यहाका जनताले विकास गर्न सक्ने व्यक्तिका रुपमा हेरेर मत दिएको प्रतिक्रिया दिएका छन् । हामीहरुले यसपटक पार्टी हेरेनौं विकास गर्नसक्ने व्यक्ति हेरेका छौं उहाँको काम हेर्न बाकी रहेको स्थानीय बासीको भनाइ रहेको छ । उक्त वडामा कांग्रेसका तिनजना सदस्य र राप्रपाका एकजना सदस्यले पनि जित हासिल गरेका छन् ।
