नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको स्थानीय निर्वाचन केन्द्रीत तेस्रो  बिस्तारीत बैठक सम्पन्न

नेपालगंज बिशेष स्थानीय तह



नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीकाे तेस्रो बिस्तारीत बैठक सम्पन्न गरेकाे छ।


नेपालगन्ज उपमहानगरपालिका कार्यालय नजिकै भएकाे होटल द्रव्यकुटीको सभाहलमा बसेको बैठकमा विभिन्न एजेन्डा माथि छलफल भएकाे नगर अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिनुभएको छ। बिशेष गरि बैशाख ३० गते हुने स्थानीय चुनाव लक्षित पार्टीका उम्मेदवार छनाैट, आर्थिक व्यवस्थापन र बिशेष गरी सत्ता साझेदारी दलसंग चुनावी गठबन्धनका  बिषयमा छलफल भएकाे नगर सचिव प्रेम शाहीले बताउनुभयो  । बैठकमा  ३वटा कमान्ड इन्चार्जहरुले आफ्नो कमान्डकाे रिपोर्टिङ गर्नुभएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाअध्यक्ष रतन बहादुर शाहीले गर्नु भएको थियो भने प्रमुख अतिथिमा लुम्बिनी प्रदेश कमिटी सह -सचिव एवम जुझारु युवा नेता अकल बहादुर बमले गर्नुभएको थियो । बिशेष अतिथि  नेकपा माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बराल, अतिथिहरुमा प्रदेस सदस्य गेहराज रिजाल (नवीन शर्मा ) आदेश अग्रवाल , २३ वटै वडाका पार्टी  वडा अध्यक्षहरु, भातृ संगठनका अध्यक्ष लगायतका नेता तथा कार्याकर्ताकाे सहभागीता रहेकाे थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *