पत्रकार महासंघ बाँकेले पत्रकार शुद्धीकरण अभियान पुर्वाग्रही ढङ्गले गरेको छ महासंघ सदस्य गिरी

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता शुद्धीकरण र छानबिन गर्दा पुर्वाग्रही ढङ्गले गरेको आरोप महासंघकै कार्यसमिति सदस्य सौरभ गिरीले लगाएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति निकाल्दै नेपाल पत्रकार महासंघ केन्द्र र प्रदेशको निर्णय विपरीत गरेको ठहर गर्दै तत्काल नसच्चाए कानुनी बाटो अपनाउने उनले बताएका छन् ।
हेर्नुहोस् उनको विज्ञप्ति

विज्ञप्ति

पत्रकार महासंघ बाँकेको सदस्यता शुद्धिकरण र छानबिन प्रति गम्भीर ध्यानाकर्षण

पत्रकार महासंघ बाँकेले हालै सार्वजनिक गरेको सदस्यता वितरण र शुद्धिकरण अभियानमा गरेको मापदण्ड( केन्द्र र प्रदेश ) को विपरीत गरेकोले मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

बाँकेमा वर्षौदेखि कार्य गर्दै आइरेहका समेतका कटाएर बाँके अध्यक्षको सायद आफ्नै निर्णयले भर्खरै आवद्द भएकालाई समेत नयाँ सदस्यताको नाम सिफारिस गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।

सदस्यता छानबिन र शुद्धिकरणमा पुर्वाग्रही भई गरेका निर्णय तत्काल सच्याउन आग्रह छ। अन्यथा कानुनी बाटो अपनाउन बाध्य हुनुपर्ने व्यहोरा अवगत गराउदछु।

पहिला देखि कार्य गर्दै आएका लाई बाइपास र भर्खर अनलाइनमा नाम लेख्दैमा सदस्य सिफारिस गर्नु गलत हो। अध्यक्ष यो गलत हो।सद्भाव एफएम र सद्भाव दैनिक मात्रै हो अरस पत्रिका गलत हो।
सौरभ गिरी
सदस्य (पत्रकार महासंघ बाँके )

Leave a Reply

Your email address will not be published. Required fields are marked *