अत्यधिक गर्मीमा मानवता नेपाल बाँकेद्वारा शुद्ध पिउने  पानी वितरण

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : सामाजिक सेवामा अनवरत लागिरहेको मानवता नेपाल बाँकेले नेपालगन्जमा सर्वसाधारणलाई शुद्ध पानी वितरण गरेको छ ।

नेपालगन्ज उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्ज नजिक मानवता नेपालको टीमले १ हजार बढी बाटोमा हिड्ने सर्वसाधारणहरुलाई शुद्ध पानी वितरण गरिएको संस्थाका अध्यक्ष मधुसूदन अधिकारीले बताए ।

नेपालगन्ज शहरमा अत्यधिक गर्मीका कारण बेहाल भइरहेको अवस्थामा केही राहत होस् भनेर संस्थाले पानी वितरण गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए ।

आइतबार दिउसो ११ः३० बाट सुरु भएको पानी वितरणको काम ३ बजेसम्म भएको थियो विपन्न, गरिब र मजदुर यसबाट बढी लाभान्वित भएका छन् । ‘पैसा हुने मान्छे त रोकिएर पसल तथा होटेलबाट चिसो पानी किनेर खान सक्लान तर नहुनेहरुको लागि यो राम्रो भएको उनलेे बताए । ‘विपन्न तथा गरिब समुदायका व्यक्ति जो तिर्खाउँदा पनि पानी किन्ने पैसा हुँदैन ,निःशुल्क पानी खाएपछि गरिब, विपन्न, मजदुर तथा बाटो हिँड्नेहरु खुसी भएका थिए । 

जल तथा मौसम विज्ञान कार्यालयका अनुसार आइतबार  नेपालगन्जको तापक्रम ४2 दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *