नेकपा माओवादी केन्द्र बाँकेको बिस्तारित बैठक सम्पन्न, चैत ४ गते बिशाल जनसभा हुने

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष


कोहलपुर : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेको विस्तारित बैठक कोहलपुरमा रहेको सहिद स्मृति भवनमा सम्पन्न भएको छ ।

पार्टीका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथिका रुपमा पार्टीको बाँके जिल्ला इन्चार्ज पुर्णा कुमारी सुवेदी रहनु भएको थियो । बैठकले पार्टीले सञ्चालन गरेको तराई मधेस जागरण अभियान, विद्यार्थी संगठनको आगामी स्ववियु निर्वाचन, आगामी कार्ययोजना लगायतका एजेन्डामा वृहत् छलफल गरिएको पार्टी संयोजक पाण्डेले बताउनुभयो ।

आगामी चैत ४ गते पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल बाँकेको नरैनापुरमा आउने कार्यक्रममा भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरि जिम्मेवारी दिइएको छ ।

चैत्र ४ गते बाँकेमा हुने जनतासँग माओवादी, तराई मधेस जागरण अभियान भब्यताका साथ सफल पार्ने  तयारी  पार्टीले गरेको छ । नेकपा माओवादी केन्द्रले फागुन १२ गतेदेखि  तराई मधेस जागरण अभियान सुरु गरेकाे अभियान चैत्र ४ गते बाँकेमा हुने भएकाे र उक्त अभियानलाई सबै नेता,कार्याकर्ता वडास्तरवाटै लाग्न निर्देशन गरिएको जिल्ला संयोजक पाण्डे ‘जेम्स’ले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठकले आगामी कार्ययोजना तथा पार्टी सुदृढीकरण गर्न र जनताको लोकप्रिय पार्टी निर्माण गर्न बिभिन्न योजना लिएर पार्टी निर्माण गर्न पालिका पार्टी, वडा पार्टी लाई विशेष निर्देशन गरिएको समेत संयोजक ‘जेम्स’ ले बताउनुभयो ।

उक्त अभियान बाँकेको राप्तीसाेनारी गाउँपालिकाकाे वडा नम्बर १ कुसुमबाट जनभेटघाट हुदै राप्तीसाेनारीकाे फत्तेपुरमा बृहत जनसभा हुने र उक्त जनसभामा १० हजार बढी नेता, कार्याकर्ता, शुभचिन्तक उपस्थिति हुने संयाेजक जेम्सले बताउनु भयाे।
अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट लगायतका कार्यक्रम हुने छन्। पार्टीको विस्तारित बैठकमा दोस्रो कार्यकालको लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नियुक्त हुनु भएको क्याम्पस प्रमुख लालमणि आचार्यलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *