जि.भि.एन. कलेजको बिदाइ कार्यक्रममा प्रताप दासले सबैलाई नचाए

नेपालगंज बिशेष शिक्षा



नेपालगन्ज : शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ज्ञानोदय विद्या निकेतन मा.वि. नेपालगन्जमा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२  का विद्यार्थीहरुलाई बिदाइ गरेका छन् ।
नेपालगन्जको सिद्धार्थ कटेजमा  भएको कार्यक्रममा नेपाल आइडलका प्रताप दासले गीत गाएर विद्यार्थी तथा शिक्षकहरुलाई नचाएका थिए । उक्त विद्यालयमा कक्षा ११ र १२ मा गरेर १ हजार बढी विद्यार्थीहरु अध्ययनरत रहेका उक्त कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले बताए ।
विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा विभित्र नाँच प्रस्तुत गरेका थिए । जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख भगवान पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि नारायण मा.बि. नेपालगन्जका प्रधानाध्यापक बाबुतरुण गौतम, जगतज्योति मा.वि. नेपालगन्जका प्रधानाध्यापक इश्वर पौडेल, कलेजका कार्यकारी प्रमुख गणेश भण्डारी, प्रिन्सिपल मान बहादुर थापा,  शेयर सदस्य तोजिन्द्र बहादुर बि.क., विद्यालयका संयोजक खुमलाल शर्मा, सह प्रधानाध्यापक दिपेन्द्र शर्मा लगायतको उपस्थिति रहेकोे थियोे ।
विद्यालयमा कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत छात्रा वर्षा पाण्डेले सञ्चालन गरेको कार्यक्रममा बिदाइ हुने विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियोे । चर्चित गायकार प्रताप दासले सबैलाई छमछमी नचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *