कोहलपुर जुनियर जेसिसद्वारा नि : शुल्क २ दिने उदद्योषणकला तालिम आज समापन हुदै

स्थानीय तह



शान्ति सुनार कोहलपुर जुनियर जेसिसद्वारा आयोजित २ दिने उदद्योषणकला तालिम कोहलपुरमा शुक्रबारबाट सुरु भएको थियोे । उक्त कार्यक्रम आज समापन हुदै छ ।
हिजो कोहलपुर जुनियर जेसिस वर्ष २०२३ का अध्यक्ष यमु कडेल को अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिका उप प्रमुख संगीता सुवेदीले ब्यानर पढेर कार्यक्रम उद्घाटन गर्नु भएको थियो !
यस्तै कार्यक्रम मा बोल्दै उद्घोषण कलाले जीवन सहज हुने र सबैका सामु जिवन्त बनाउने भएकाले यो अवसर लाई सहि ढंगले सहि ठाउँ मा प्रयोग गरि आफू लाई सक्षम बनाउई अगाडी बढ्न आग्रह गरिएको थियो !

कार्यक्रम मा कोहलपुर जेसिस बर्ष २०२३ का अध्यक्ष धुर्ब आचार्य ,कोहलपुर जेसिस पुर्व अध्यक्ष एवम् प्रस्तावित बैजनाथ जेसिस का अध्यक्ष गणेश बिस्ट अन्य व्यक्तित्व लगाएत प्रशिक्षकमा जेसिस बर्ष २०२२ का अध्यक्ष ईश्वर शर्मा रहनु भएको थियो ! उक्त उद्घोषणकला तालिम मा पहिलो दिन ४० भन्दा बढीको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *