परिवेश र समय अनुकुलतामा समयले डोर्याउदै गन्तव्य बिनाको यात्रा गर्दा गर्दै आज एका एक ब्रेक अफ को महशुस भयो । हो आजभोलिका दिनमा जगन्नाथ उथल पुथल भएको खबर संजालमा देख्न पाउदा साँच्चै उन्मुक्तिको सपना देख्न लागेको हो क्या भन्ने भान हुन्छ । समृद्धको गुच्छा चट्टानमा फुलेको भान छ मलाई ढिसोमा होइन ।
समृद्धको नामका बाजा बिलनकार मय बजेका छन् । फुक्छन बाजा नचाउन्छ समाज देखाउन्छ सपना सहेल जिन्दगी कठै बरा कति दिन हो जादु मय मान्छेले नचाएको सर्प हेर्ने सर्प बन्ने कोहि कतै बाट गरिबको आवाज बुलन्द पार्न खोज्द आफ्नो शरीरमा हात्ती नदेख्ने अरुको शरिरमा जिम्राको पनि संजालमा नानाथरी गरि भुक्छन स्यालहरु खान्छ खा नत्र घिच भनेर पालेका चोरहरु पनि समाज को दु:खी पिडितको सहारा बन्न खोज्नेको उल्टै चरित्र हत्या नालायकहरु ।
दिनमा घाम लागेकै हुन्छ यदि मौसमको खराबीको कारण नलागेनी किरणले तापको भान गराउछ तिमीहरु रातमा सुर्यको भान गराउछौ । जगन्नाथ कै माटो लुटेका छौ जगन्नाथ कै पसिना लुटेका छौ जगन्नाथ कै गरिबको स्वाभिमान छिचोल्दै छौ बस् अझै पुगेन । सात पुस्तालाई कमाई सक्याै पाँच छ बर्ष पहिलै को जीवन पेसामा घट्ट,बस्तुमा भैंसी,भोजनमा बेसा जलन्त उदारण छन् अनि तराईमा बगंला कसले कमाको हो ? अन्धकार समाजमा सोसित मय फूलको बासना फैलाउने अनि हजाररौ युवालाई दन्द्वको भावना फैलाउने, लक्ष्य विना संसार नदेखाउ, गन्तव्य बिनाको सपना नदेखाउ, अलि मानवताको भाव भएका मानरुपि जन्तुहरु सपनाको मालिक बन्न छोडिदेउ कति दिन गर्छौ रजाइँ सबै तिमीहरूको कर्तुतको क्यालेन्डर बनेसको छ ।

ऐनामा मुहार झल्कि सकेको छ बेमौसमी खेतीको नतीजा देखि सकेको छ । अब मौसमी खेतिको सुरुवात अबश्य हुन्छ । आँखामा पट्टि बाँधेर सुग सयल मय बेडमा सुताउने प्रथाको भान गराउने तिमीहरुको बिगत हामीलाई थाहा छ । तिम्रो पुर्खा तिम्रो बिगत चलयमान जीवन थाहा छ । किन बाजा बिनाकोण शब्द स्वर बिनाको तरङ्ग विनाको धुन बजाउदै हिड्छौ । अब कोहि पनि चुपचाप लागेर बस्ने वाला छैन ५/६ बर्ष तराई फाँट कता बाट राजधानीमा सहय महल कताबाट आए बिद्वाको नाममा अलङ्कार नजान्ने चोर फटाले सहय जीवन र पसिनाको हर्कत गर्न मिल्छ । सबै देखेकै छौ त्यहा राज गर्ने नेता या ब्यक्ति को परिवर्तन पनि देखेका छौ करोडौं का योजना अनि त्यहीँ माथि गरिबको श्रमको शोषण यहि हो समृद्ध जगन्नाथमा छ ।
परिर्वतन पनि देखेका छौ अनि अरुको सहायल मय जीवन पनि देखेका छौ जीवन जिउने तरिका र रहन सहन पनि देखेका छौ । जगन्नाथले मुक्तिको शाहस फर्ने सेवा एकलौटी कर्मचारी एकलौटी कुनै एनजीओ आईएनजिओ सेवा तालिम एकलौटी पेट नपोलेर पिठियौं कहिले सम्म हो । म रैथान अनि जन्मसिद्ध अधिकार को धावा मा बोल्ने । अधिकारको सबैमा सुनिश्चित बनाउने र बन्ने सबैको नजर सहिलाइ सहि र गलत लाई गलत साबित गरियोस् । अन्यको बिरुद्वमा सबैमा जनचेतनामूलक अभियानको बिगुल फुकेकै छौ फुक्छौ पनि । अधिकार लाई छिचोल्दै अगाडि बड्ने ती पाखण्डिहरुलाई चेतनाको झिल्को या बाटो हाल्नै पर्छ । आसे पालेका छौ पासे मोटाका छन् अनि मरेको गोरुको भान जगन्नाथ लाई किन कति सम्म हर्कत गर्छौ कति सम्म मरेको गोरुको मासु खान्छौं ? मन परि छ है तन्त्र आफ्नै शासन आफ्ने नीति आफ्नै भए र हो कि नेपालको जगन्नाथ छुट्टै तिम्रो पुर्खाले आर्जेको मुलुक हो ? बाबा गणतन्त्र उधमान छ लोकतन्त्र उधमान छ । खोइ जगन्नाथमा लोकतन्त्र भान गणतन्त्र भान अब राज्यलाई ढक्कक्याने पर्ने भयो आँखा हेर्दा हेर्दै चिम्लेको भान छ, जगन्नाथमा । कठै बरा कति सोजा कति निमुखा कति सम्म अन्याय को भारी बोक्न तयार हामी है जवाफ आफैमा भरिपुर्ण छ । घाँटी गला च्यापियको छ तर कति मीठो हाँसो छ है । सुन र पितल पनि थाहा छ है तै पनि पितललाई सुन नै देख्छौ । भोकमा हराएको जनावर भोगकै सपनाको मर्जन बन्न छ, अनि समृद्ध समृद्ध सबै हेक्का भईसक्यो ।
अन्त्यमा : सपना सपना जन्म भुमि र रैथानेको जन्मसिद्ध अधिकार सम्पूर्ण जगन्नाथ का १/६ सम्म का युवाहरुमा अन्याय माथिको बिगुल फुक्नै पर्छ । भिजन बिनाका छोटे राजाहरुलाई खबरदारीको आवाज उठाउनै पर्छ अति भयो लुटेको न काम गर्ने क्षमता छ, न शिक्षा आर्जेका छन् , मरेको मान्छेको ढुस्सोको उनीहरुको जीवन तराईमा महल कसको पसिना, कसको रगत, सबै छानबिन गराउनै पर्छ ।।
एक कर्ममा लोभित युवा ।
महेश बहादुर शाही
जगन्नाथ गाउँपलिका वडा नं ०५
हाल काठमाडौं
