नेपालगन्ज : प्युठानको माटोमा जन्म लिएर बाँकेको नेपालगन्जमा आइ आफ्नो व्यवसाय गरि सानै उमेरमा नै परिपक्व व्यवसायीको नाम लेखाउन सफल विष्णु श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुने निर्वाचनका लागि टंक बहादुर धामीले नेतृत्व गरेको समावेशी प्यानलबाट सदस्य पदका लागी उम्मेदवारी दिएका छन्।
नेपालगन्जमा दिपक सपिङ्ग कम्पलेक्स सञ्चालन गरेका श्रेष्ठ एक सफल व्यापारी हुन । स्नातक तह सम्मको आफ्नो उच्च शिक्षा अध्ययन गरेका श्रेष्ठले सानै उमेरदेखी विभिन्न संघ संस्थामा आबद्ध भएर सबैमाझ लोकप्रिय रहि व्यावसायीमा लागेका छन् । श्रेष्ठ व्यावसायी सँगसँगै रेडिमेड तथा ब्याग व्यवसायी समिति नेपालगंजका अध्यक्ष , लियो क्लब अफ नेपालगंजका पुर्व अध्यक्ष , लियो जिल्ला परिषदका पूर्व अध्यक्ष , लायन्स क्लब अफ नेपालगंज बजारका पूर्व अध्यक्ष , लयान्स डिष्ट्रिक ३२५ एनका रजिन चियर प्रसन, नेपाल क्षयरोग निवारण संस्था बाँकेका सदस्य , जुमा स्पोर्टस क्लब नेपालगंजका संस्थापक सचिव हुन ।

नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन लागेको निर्वाचनमा क्रम संख्या १३ नम्बरमा उम्मेदवार दिएका श्रेष्ठ बाँकेका हरेक व्यवसायीको रोजाइमा परेका छन् । सानै उमेरमा केही गर्न सक्ने युवक भएको हुदा व्यवसायीले अत्यधिक मतले विजय बनाउने सरसल्लाह गरेको स्थानीय व्यापारी महेश ज्ञवालीले बताए ।
