सामाजिक उत्तरदायित्व अन्तर्गत आदर्श मा.वि. नेपालगन्जका विद्यार्थीहरुद्वारा शैक्षिक सामाग्री वितरण

लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगन्ज : सामाजिक उत्तरदायित्व अन्तर्गत आदर्श मा.वि. नेपालगन्जका विद्यार्थीहरुद्वारा शैक्षिक सामाग्री वितरण गरेका छन् ।
आदर्श माध्यमिक विद्यालय नेपालगन्जका विद्यार्थीहरु हरेक कुरामा अग्रसर रहेका छन्। पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय छन्।

आदर्श माविका विज्ञान संकायमा अध्यापन गर्नु हुने चेत चापागाईंको नेतृत्वमा विद्यार्थीहरुले बर्दियाको सत्खलुवा स्थित ‘अमर सहिद दशरथ चन्द्र’ माध्यमिक विद्यालयका सानासाना नानी बाबुहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको शिक्षक चापागाईंले बताउनुभयो ।

उक्त विद्यालयमा विज्ञान संकायमा कक्षा ११ र १२ अध्यनरत बिधार्थीहरुले गरिब तथा जेहेन्दार बिधार्थीहरुलाई पढाइमा सहज होस् भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको उक्त कार्यक्रमका संयोजक चेत चापागाईंले बताए।

शैक्षिक सामाग्री पाउँदा ‘अमर सहिद दशरथ चन्द्र’ माध्यमिक विद्यालयका सानासाना विद्यार्थीहरुको ओठमा मुस्कान छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *