विद्यार्थी राजनीति र स्ववियुको नेतृत्व

विचार/व्लग

आर. एस. रावल
स्ववियु निर्वाचन भनेको क्याम्पसमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले गर्ने चुनाव हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्ववियु चुनाव आउनै लाग्दा वा स्ववियु चुनाव हुने कुरा चल्दै गर्दा यो कुरा स्मरण हुन जरुरी छ कि अबको स्ववियु चुनावमा स्नातक र स्नातकोत्तरका क्याम्पसमा नियमित अध्ययनरत विद्यार्थीले मात्रै टिकट पाउनु पर्छ ।

किन भने जो सँग पैसा छ ,जसको पावर छ,जसको ठूलो अोहोदामा आफ्नो मान्छे छ,आफ्नो घर छेउ स्थानीय स्तरकै विद्यार्थीले मात्रै टिकट पाउने गरेका छन् । जिल्ला कमिटी वा केन्द्रीय कमिटीका सदस्य भइसकेकाहरु क्याम्पस छोडेका अस्ताउँदा तथा रिटायरर्ड जीवन बिताउने नेताहरुका कारण आज नेपालको राजनितिमा चेतनशील बिबेकशील युवाहरू पछाडि परेका छन् । क्याम्पस छोडेका आएर चुनाव लड्नेले जब चुनाव जित्छन सभापतिको पदको प्रमाणपत्र पाएपछि त्यो क्याम्पसमा अनुहार समेत देखाउन नआउने प्रवृत्ति ले गर्दा अब हुने स्वबियु चुनावमा त्यो खालको बिकृति हामीमा हाबी नहोस् । राजनीतिको ‘र’ नबुजेकाहरु पनि सांसद, मन्त्री हुनाले आज हाम्रो देश पछि परेको छ । पैसा भएपछि मन्चमा उभिएर दुई चार मिनेट भाषण गर्दैमा नेता भैहाल्ने बढ्दो प्रवृति रोकियोस् ।

जुनसुकै ठाँउबाट उच्च शिक्षा हाँसिल गर्न आएका विद्यार्थी साथीहरु जति पनि छन् । उनीहरुले सबैले अबसर पाउनुपर्छ। सबै प्रतिस्पर्धामा आउनु पर्छ र चाहना हुनेहरुले अगाडि बढ्न पाउनु पर्छ । पैसा र पावरको राजनिति हैन जो बौद्धिकता ,दक्षतामा अब्बल छ , म राजनितिमा लागेर यो देश को लागि केही गर्न चाहन्छु भन्ने सोच बोकेर अगाडि बढ्छ भने उसले ठाउँ पाउनु पर्छ । स्ववियुमा उमेद्वार हुनकै लागि वषौँ वर्ष क्याम्पसमा रहने प्रवृतिलाई सबैले निरुत्साहित गर्नुपर्छ । वास्तबिक स्ववियु नियमित विद्यार्थीको बन्नु पर्छ । विद्यार्थी राजनिति भनेको राजनैतिक प्रक्रियाहरु सिक्ने अबसर हो । राजनितिलाई सामाजिकीकरण बनाउनु अपरिहार्य छ । यसको मतलब आफुले गर्ने राजनैतिक पार्टीका बादशास्त्र ,तर्क, सिद्धान्त साथै आफ्ना प्रतिस्पर्धीका तर्क, सिद्धान्त, उनीहरुको विचार अध्ययन गर्ने, बौद्धिकशास्त्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *