लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि आफ्नाे नयाँ भवन नबन्दा सम्म जनक शिक्षालयलाई प्रयोग गर्ने गरी सम्झौता



पुरन परियार
बाँकेका ८ (आठै) गाउँपालिका हरुसंग समन्वय गर्दै अागामी भदौबाट लुम्बिनी विश्वविद्यालय स्थापना गरी पठनपाठन सुरु गर्ने उद्देश्यका साथ तयारी तिब्र रुपमा अगाडि बढाइएको छ । उक्त विश्वविद्यालय सञ्चालनका लागि जनक शिक्षालयसंग सम्झौता प्रक्रिया अगाडि बढाइएको छ ।

बाँकेकाे खजुरामा स्थापना हुन लागेकाे लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई तत्काल स्थापना गरि अागामी भदौ महिना बाट पठनपाठन गराउने उद्देश्यले संचालनमा ल्याउने भनिएकाे विश्वविद्यालय खजुरा गाउँपालिका मा रहेकाे जनक शिक्षालयमा रहने गरि निर्णय प्रस्तावना गरिएकाे छ । विद्यालयकाे भवन नबने सम्मका लागि जनक शिक्षालयकाे भवन प्रयोग गरिने सम्झाेता समेत गरिने लुम्बिनी प्रविधिक विश्वविद्यालय संचालक समितिका सचिव रेग बहादुर भण्डारीले प्रस्ताव राख्नु भएकाे छ ।
अाईतबार खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बि.क एंव उपाध्यक्ष मन्जु मल्लसंग समसामयिक बिषयमा छलफल गर्दै भण्डारी ले उक्त बिषयमा प्रष्ट पार्नु भएकाे हो ।
अध्यक्ष बि.क ले पालिकामा रहेका रिक्त सार्वजनिक संरचनाहरुलाई सदुपयोग गरेर विद्यालयलाई पुर्ण रुपमा स्थापना हुनका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएकाे छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *