प्रेस सेन्टर नेपाल रुपन्देहीको अधिबेशन तथा साधारणसभाले १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा बिष्णु प्रसाद पोख्रेल सर्वसम्मत चयन हुनु भएको हो ।
त्यसैगरी उपाध्यक्षमा अम्बिका परियार , पबिता पौडेल , सचिवमा रमेश गैरे, सह -सचिवमा प्रकास पाण्डे , निर्मल थापा र सन्जय लामा, कोषाध्यक्षमा पशुपति यादव सर्वसम्मत चयन हुनु भएको छ ।
सदस्यहरुमा दिपक कलवार, जगलाल नेपाली ,सुनिता चुदाली, अञ्जना चौहान, जितेन्द्र चौधरी , सुमित्रा तरामु, दिनेश प्रसाद लोध, नेत्र रुचाल रहनु भएको छ ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, प्रेस सेन्टर लुम्बिनी प्रदेश अध्यक्ष मानसिंग बि.क. लगायतको आतिथ्यमा भएको अधिबेशनमा बोल्ने वक्ताहरूले अहिलेको राजनीति परिस्थिति र त्यसमा पत्रकारको भूमिकामा बोल्नु भएको थियो ।
