ईश्वरी श्रेष्ठ – यो दिवस नेपालमा २०७० साल देखि मनाउन थालिएको हो। वर्ष २०२२ को अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको नारा महिला को भुमिका लाई सम्मान गर्दै मनाउदै आइरहेका छौं । महिला दिवस खाली कागजको खोस्टामा मात्र परिणत भएको होकी भन्ने भनाइ धेरैको रहेको छ ।
ग्रामीण महिला लाई चुलो, चौकीमा, चौपाया खेती किसानी मा मात्र सिमित गरिएको छ। सरल तरिका ले हेर्ने हो भने सुन्यमा पाउन सकिन्छ । आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस भनिएता पनि नेपालमा ग्रामीण महिलाहरुमा गाँस, बास र कपास , स्वास्थ शिक्षा रोजगारी महिलाहरुको कुनै पहुँचमा पुग्न सकिरहेको छैन् आज ग्रामीण भेगका थुप्रै महिलाहरु विदेशी खाडीमा ४६/४७ डिग्रीको तातोमा जीवन यापनको लागि बिताउन बाध्य भयका छ्न ।
देशमा महिलाहरुलाइ भुलाउनको लागि समानुपातिक सभासदको नाममा टिकट भिडाइन्छ । साच्चै यो देशमा अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइन्छ भने महिलाहरुका हकहितका लागि स्वाथ्य, शिक्षा र रोजगारीको ग्यारेन्टीको सुरक्षित गरिनु पर्छ तसर्थ अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको सार्थक हुनसक्छ अन्यथा बालुवामा पानी खन्याउनु जस्तै हुनेमा दुई मत छैन ।
